Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोटा शरीर भएका ब्यक्तिहरुलाई कोरोनाको भ्याक्सिनले पनि काम गर्दैन,मोटाउनु अत्यन्तै घातक

मोटा शरीर भएका ब्यक्तिहरुलाई कोरोनाको भ्याक्सिनले पनि काम गर्दैन,मोटाउनु अत्यन्तै घातक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७७ आइतवार • ११:३४:१० बजे
  • 2.1K
    SHARES
  • मोटा शरीर भएका ब्यक्तिहरुलाई कोरोनाको भ्याक्सिनले पनि काम गर्दैन,मोटाउनु अत्यन्तै घातक
    एजेन्सी । कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिले सिंगो विश्व यसविरुद्धको भ्याक्सिनको पर्खाइमा छ । भ्याक्सिन विकासको प्रगतिका बारेमा थुप्रै समाचारहरु पनि आएका छन ।
     
    तर अहिलेसम्म कुनै पनि कोरोना संक्रमित विरामीले यसको उपभोग गर्न पाएका छैनन् । यद्यपी रुसका वैज्ञानिकहरुले खोप विकासको पूर्ण सफलताको नजिक पुगेको र छिट्टै आम नागरिकका लागि वितरण गरिने दावी गरिसकेका छन ।
    यद्यपी ब्रिटेन र अमेरिकाले यो भ्याक्सिनको प्रभावकारिता बारे शंका ब्यक्त गरिरहेका छन । यसै सन्दर्भमा भ्याक्सिन विकासका क्षेत्रमा कार्यरत वैज्ञानिकहरुले एउटा नयाँ दावी ब्यक्त गरेका छन ।
    उनीहरुका अनुसार मोटो शरीर भएका मानिसहरुमा भ्याक्सिनको प्रभावकारिता कम हुन्छ । अमेरिकाको अलबामा युनिभर्सिटीका अनुशन्धानकर्ताहरुले यस्तो दावी गरेका हुन । उनीहरुका अनुसार शरीरमा अधिक बोसो भएका मानिसहरुमा कोरोनाविरुद्धको भ्याक्सिनको प्रभाव धेरै कम हुन्छ ।
    केही बर्ष अघिदेखि प्राप्त प्रमाणका आधारमा वैज्ञानिकहरुले यस्तो दावी गरेका हुन । यो सन्दर्भमा वैज्ञानिकहरुले फ्लु र हेपाटाइटिस बी को भ्याक्सिनको हवाला दिएका छन ।
    जसअनुसार सन २०१७ मा गरिएको अनुशन्धानका क्रममा सामान्य तौल भएका ब्यक्तिहरुको तुलनामा अधिक तौल भएका ब्यक्तिहरुमा भ्याक्सिन असफल जस्तै सावित भएको थियो ।
    मोटा शरीर भएका ब्यक्तिहरुलाई भ्याक्सिन लगाउँदा संक्रमणसंग लड्न सक्ने एंटीबडी उत्पन्न गर्न नसकेको तथ्य वैज्ञानिकहरुले फेला पारे । सो अध्ययनले मोटा शरीर भएका ब्यक्तिहरु फ्लु र हेपाटाईटिस बी संक्रमणको उच्च जोखिममा रहेको बताएको थियो ।
    संक्रमणका कारण उनीहरुको शरीरका अंगहरु फेल हुने सम्भावना पनि अधिक रहने अध्ययनले बताएको छ । कोरोनाविरुद्धको भ्याक्सिनको हकमा पनि यहि तथ्य लागु हुने वैज्ञानिकहरुको दावी छ ।
    यो अध्ययन टिमका प्रमुख वैज्ञानिक डाक्टर चार्ड पेटिटले अधिक मोटा मानिसहरुमा संक्रमणविरोधी भ्याक्सिन प्रभावकारी नहुने दावी गरेका हुन । उनका अनुसार मोटा शरीर भएका ब्यक्तिमा रोगप्रतिरोधी क्षमता अर्थात एन्टीबडी बृद्धि गराउने टी कोशिकाहरुले राम्ररी काम गर्न सक्दैनन् ।
    रोगप्रतिरोधी क्षमता सक्रिय हुने बेला शरीर सुन्निनु अर्को समस्या रहेको डा.पेटिटले बताए । उनका अनुसार मोटो शरीर भएको मानिसमा रोग प्रतिरोधी क्षमता सक्रिय हुनेबेला शरीर सुनिन्छ र शरीरमा जम्मा हुने खतरनाक तत्वहरु नष्ट गर्ने मेक्रोफेज नामक कोशिकाहरुको उत्पादन घट्छ ।
    यस बारेमा वेंडरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. विलियम शैफनरले एक ईन्च लम्बाईको परम्परागत सुई भन्दा लामो सुई प्रयोग गर्न सुझाएका छन । मांसपेसीको गहिराईसम्म औषधि पुर्याउन लामो आकारको सुई आवस्यक हुने डा.शैफनरले बताएको डेलिमेल डट सिओ डट युकेले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology