Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कब्जियतबाट छुटकारा पाउन के खाने ?

कब्जियतबाट छुटकारा पाउन के खाने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • ११:०८:३६ बजे
  • 1.4K
    SHARES
  • कब्जियतबाट छुटकारा पाउन  के खाने ?

    कब्जियतको समस्याबाट पीडित व्यक्तिहरुले हरेक बिहान खानेकुरामा ध्यान दिने गर्नुपर्छ ।

    images

    बिहान पेट सफा भएन भने दिनभर ताजा महसुस गर्न सकिदैन ।

    पेट सफा नहुँदा छालासम्बन्धी समस्याहरु पनि आउने गर्छन् । तर, आफ्नै जीवनशैलीका कारण कब्जियतको समस्या हुने गर्छन् ।

    त्यसैले हरेक बिहान के खाने त ?

    कागती पानी कागतीले शरीरमा भएको बिकार तत्वलाई बाहिर फाल्ने काम गर्छ ।

    कहिलेकाँही कब्जियतको समस्या भएमा एक गिलास तातोपानीमा एउटा कागतीको रस मिसाएर त्यसमा एक चम्चा मह हाल्ने र पिउने गर्दा कब्जियतको समस्या कम हुँदै जान्छ ।

    दूध र दही कब्जियतको समस्याबाट छुटकारा पाउनका लागि पेटमा राम्रो ब्याक्टेरिया पनि हुन आवश्यक छ ।

    दहीमा प्रोबायोटिक हुन्छ त्यसैले हरेक दिन एक कप दही खाने गर्नुपर्छ । यसका साथै, कब्जियतबाट छुटकारा पाउनका लागि एक गिलास दूधमा २ चम्चा घ्यू हालेर राति सुत्नुअघि पिउने गर्दा कब्जियतको समस्या कम हुन्छ ।

    फाइबरयुक्त खाना एक दिनमा महिलाका लागि २५ ग्राम फाइबर खान आवश्यक छ । भने एक पुरुषले ३५ ग्राम फाइबर खान आवश्यक छ ।

    त्यसैले हरेक दिन फाइबरयुक्त खाना खान आवश्यक छ । जसले कब्जियतको समस्या कम हुन्छ । आयुर्वेदिक औषधि सुत्नुअघि ३ वटा त्रिफलाको चक्की तातोपानीसँग पिउनुपर्छ ।

    त्रिफला पेटका लागि आवश्यक छ । यसलाई रातिमा सेवन गर्न सकिन्छ ।

  • सम्बन्धित विषय:

  • # कब्जियत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology