Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२०२२ को छनोट खेलमा क्रोएसिया हारबाट जोगियो

२०२२ को छनोट खेलमा क्रोएसिया हारबाट जोगियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७८ मंगलवार • १०:४०:१८ बजे
  • 784
    SHARES
  • २०२२ को छनोट खेलमा क्रोएसिया हारबाट जोगियो

    एजेन्सी । फिफा विश्वकप-२०२२ को छनोट खेलमा क्रोएसिया हारबाट जोगिएको छ ।

    images

    गएराति भएको खेलमा क्रोएसिया दुईपटक पछि परेपनि स्लोभाकियालाई २-२ गोलको बराबरीमा रोक्न सफल भएको हो । खेलको २०औं मिनेटमा इभान श्रयन्सले गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाए ।

    उनले मारेक हाम्सिकको पासमा गोल गरेका थिए । २५औं मिनेटमा एन्ड्रेज क्रामारिकले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

    ४५औं मिनेटमा लुकास हरसलिनले गोल गर्दै स्लोभाकियालाई पुनः अग्रता दिलाए ।

    ७१औं मिनेटमा कप्तान लुका मोड्रिचले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याउँदै क्रोएसियालाई हारबाट जोगाए ।

    यो बराबरीपछि समूह ‘एच’ मा क्रोएसिया ८ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रोएसिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology