Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

पुर्वेली टाईगर फुटबल क्लव कुवेतको आयोजनामा २० नोभेम्बरमा फुटबल प्रतियोगिता हुने

पुर्वेली टाईगर फुटबल क्लव कुवेतको आयोजनामा २० नोभेम्बरमा फुटबल प्रतियोगिता हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०८३ सोमवार • ०६:२९:१३ बजे
  • 970
    SHARES
  • पुर्वेली टाईगर फुटबल क्लव कुवेतको आयोजनामा २० नोभेम्बरमा फुटबल प्रतियोगिता हुने

    कुवेत - पुर्वेली टाईगर फुटबल क्लव कुवेतको आयोजनामा आगामी २० नोभेम्बर २०२६, शुक्रबार “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर–नेपाली फुटबल टुर्नामेन्ट २०२६” आयोजना हुने भएको छ।

    images

    लामो समयदेखि कुवेतमा फुटबल प्रतियोगिता आयोजना नभएको अवस्थामा क्लवले यसपटक गोल्ड कप आयोजना गर्ने निर्णय गरेको हो। जसबाट खेलप्रेमी कुवेतवासी नेपालीहरूलाई छुट्टै किसिमको मनोरञ्जन दिने उद्देश्य रहेको अध्यक्ष जिबन केरुङ लिम्बुले जानकारी दिनुभयो।

    फाहिल स्पोर्ट्स क्लवको सुकसवा फुटबल मैदानमा हुने उक्त अन्तर–नेपाली फुटबल प्रतियोगितामा सहभागीताको लागि तयारी हुन सम्पूर्ण कुवेतस्थित नेपाली फुटबल टिमहरूलाई क्लवले आह्वान गरेको छ। साथै, उक्त दिन अन्य कुनै कार्यक्रम आयोजना नगर्न सम्पूर्ण नेपाली संघ–संस्थाहरुलाई आयोजकले अनुरोध गरेको छ।

    नयाँ गोल्ड कपको उदयसँगै कुवेतवासी खेलप्रेमी नेपाली तथा खेलाडीहरूबीच नयाँ उत्साह र उमंग छाउने देखिन्छ। प्रतियोगिताको पुरस्कार सम्बन्धी जानकारी भने केही समय पछि सार्वजनिक गरिने अध्यक्ष लिम्बुले बताउनुभयो।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology