कुवेत — बाग्लुङ सेवा समाज कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले आफ्नो वार्षिक कार्यतालिका अनुसार आगामी डिसेम्बर २५, २०२६ शुक्रबारका दिन भलिबल कार्यक्रम आयोजना गर्ने तयारी भएको सचिब दलबिर श्रीपालीले जानकारी दिएका छन ।
उक्त दिन बिहान ७:०० बजेदेखि भलिबल कार्यक्रम सञ्चालन हुने भएतापनी खेलकुद कार्यक्रम सञ्चालन हुने स्थान भने टुङ्गो लागि सकेको छैन । समाजले स्थान पनि यथाशीघ्र जानकारी गराइने जनाएको छ।
समाजले कुवेतमा सक्रिय सम्पूर्ण नेपाली संघ–संस्था तथा सम्बन्धित सबैलाई उक्त मितिमा आफ्ना कार्यक्रमहरू नजुधाइदिन हार्दिक अनुरोध गरेको छ। वार्षिक कार्यतालिकाअनुसार यसअघि नै मिति तय भइसकेकाले अन्य संघ–संस्थाले समेत आपसी समन्वय र सहकार्यलाई प्राथमिकता दिन समाजले अपिल गरेको हो।
साथै, कुवेतस्थित नेपाली संघ–संस्थाबीचको आपसी सहकार्य, सम्मान र समन्वयलाई थप मजबुत बनाउँदै भलिबल कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको समाजले जनाएको छ।
गराइनेछ।