Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७८ मंगलवार • ११:५६:२९ बजे
  • 493
    SHARES
  • डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

    धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

    images

    घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

    बसमा करिब ५०-६० यात्रु रहेकाे र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा नै उपचार भइरहेको उहाँले बताउनुभयो ।

    बसमा दशैँका लागि गाउँ फर्कने यात्रुहरू थिए ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology