Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

अपडेट :मुगुमा बस दुर्घटना, २४ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

अपडेट :मुगुमा बस दुर्घटना, २४ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७८ मंगलवार • १६:१९:४९ बजे
  • 805
    SHARES
  • अपडेट :मुगुमा बस दुर्घटना, २४ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

    मुगुमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । यस्तै २४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले रातोपाटीलाई जानकारी दिए ।

    images

    उनले भने, ‘अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ ।

    घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस मंगलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो ।

    भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको जानकारी दिए ।

    बस दुर्घटनापछि उद्दारका लागि घटनास्थलमा हाल नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology