Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा थपिए ७९२ संक्रमित, १४ जनाकाे मृत्यु

२४ घन्टामा थपिए ७९२ संक्रमित, १४ जनाकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७८ मंगलवार • १८:०९:१६ बजे
  • 853
    SHARES
  • २४ घन्टामा थपिए ७९२ संक्रमित, १४ जनाकाे मृत्यु

    नेपालमा २४ घन्टाको अवधिमा ७९२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ७ हजार ६० आरटी पिसिआर र २ हजार ५५९ एन्टिजेन गरी कुल ९ हजार ६१९ जनामा परीक्षण गरिएकोमा ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १४ हजार ५५४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १३ हजार ४५९ जना होम आइसोलेसनमा, १ हजार ९५ संस्थागत आइसोलेसनमा र २३१ जना क्वारेन्टिनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३०६ जना र भेन्टिलेटरमा १०२ जना उपचाररत छन् । मन्त्रालयकाअनुसार मंगलबार देशभरबाट ९१० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ७७ हजार ७४१ पुगेको छ । निको हुने दर ९६.८ प्रतिशत छ ।

    पछिल्लो २४ घन्टाको अवधिमा १४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology