Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्चको आदेश

रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्चको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७८ मंगलवार • १९:०६:३१ बजे
  • 1.1K
    SHARES
  • रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्चको आदेश

    प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    images

    मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै दशैंको नवमी अर्थात असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो ।

    नेपालगञ्जका दुई जना महिलाको शंकास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै आएका आफन्त र अधिकारकर्मी न्यायका लागि पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएका उनलाई माइतीघरमा धर्ना बसेकै ठाउँबाट प्रहरीले गत शुक्रबार अधिकारकर्मी रुवी खानलाई पक्राउ गरेर नेपालगञ्ज लगेको थियो ।

    उनलाई रिहा गर्न माग गर्दै अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

    सो रिटमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश दीपककुमार कार्कीले २४ घण्टाभित्र खानलाई सर्वोच्चमा उपस्थित गराउन आदेश दिए पनि प्रहरीले भने खानलाई उपस्थित गराएको छैन ।

  • सम्बन्धित विषय:

  • # रुवी खान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology