Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकप फुटबलमा डेनमार्क छानियो

विश्वकप फुटबलमा डेनमार्क छानियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७८ बुधवार • ०९:५१:०६ बजे
  • 1.1K
    SHARES
  • विश्वकप फुटबलमा डेनमार्क छानियो

    डेनमार्क सन २०२२ को कतार विश्वकपका लागि छनौट भएको छ ।

    images

    युरोपको विश्वकप छनौट अन्तर्गत समुह एफ अन्तर्गत गएराती भएको खेलमा अस्ट्रियालाई १–० गोल अन्तरले पराजित गर्दै डेनमार्क विश्वकपमा छनौट भएको हो ।

    अस्ट्रियाविरुद्धको खेलमा खेलको ५३औँ मिनेटमा जोआकिम माएहिलेले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

    यो जितपछि डेनमार्कको ८ खेलमा सबै खेल जितेर २४ अंक भएको छ र विश्वकप छनौटका दुई खेल खेल्नु अघि नै छनौट भएको छ ।

    यो जितसँगै डेनमार्क युरोपबाट जर्मनीपछि विश्वकपमा छनौट हुने दोस्रो देश बनेको छ । त्यस्तै अस्ट्रियाको भने ८ खेलमा १० अंक छ र समुहमा चौथो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # विश्वकप फुटबल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology