Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फुटबल : नेपाल आज बंगलादेशसँग खेल्दै

फुटबल : नेपाल आज बंगलादेशसँग खेल्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७८ बुधवार • १०:०१:४५ बजे
  • 1.3K
    SHARES
  • फुटबल :  नेपाल आज बंगलादेशसँग खेल्दै

    माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।

    images

    मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल आज दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

    बंगलादेशविरुद्ध मैदान उत्रंदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ ।

    साफमा सेमिफाइनलसम्मको यात्रा नेपालका लागि ठूलो उपलब्धि हो । नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

    ‘टिमको तयारीको बारेमा भन्नुपर्दा हामीले सम्पूर्ण तयारी गरिसकेका छौँ र बंगलादेशसँग खेल्न तयार छौँ ।’ प्रशिक्षक श्रेष्ठले भनेका छन्, ‘हाम्रो टोलीले उच्च मनोबलका साथ खेल्नेछ र फाईनल प्रवेशका लागि राम्रो नतिजा निकाल्नेछौ ।’

    राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । यस्तोमा नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो ।

    माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १–० ले पराजित भएको थियो ।

    बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन । तर, नेपाल बंगलादेशलाई हराउने योजनासहित मैदान उत्रनेछ । बंगलादेश पनि नेपाललाई हराएर फाइनलमा पुग्न चाहन्छ ।

    बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस समूहमा माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    नेपालसँग पराजित माल्दिभ्स हेड टु हेडमा पछि रहेको हो । भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । आजै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

    दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । फाइनलका लागि माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन । पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट श्रीलंका भने बाहिरिईसकेको छ । श्रीलंकाले ४ खेलमा १ अंक जोडेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # बंगलादेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology