Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

घाइते कमाण्डर जमिनलाई दिल निशानी मगरले गरे आर्थिक सहयोग

घाइते कमाण्डर जमिनलाई दिल निशानी मगरले गरे आर्थिक सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७७ सोमवार • १६:०६:४५ बजे
  • 2.1K
    SHARES
  • घाइते कमाण्डर जमिनलाई दिल निशानी मगरले गरे आर्थिक सहयोग
    पत्रकार तथा लेखक दिल निशानी मगरले जनयुद्धका घाइते कमाण्डर नैनबहादुर तामाङ 'जमिन'को उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
     
    जनयुद्धको समयमा टाउकोमा लागेको छर्रा निकाल्न नसक्दा उनलाई क्यान्सर भएको थियो । जमिनको उपचारका लागि मगरले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

    सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५, का बासिन्दा जमिनको उपचारका लागि आर्थिक अभाव भएको थियो । नेकपा नेता कार्यकर्ता र संसारभर छरिएर रहेका नेपालीले आर्थिक सहयोग गर्ने क्रम चलिरहेको छ ।

    जमिन तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमाण्डर हुन् । उनले विभिन्न सैन्य मोर्चामा रहेर जनयुद्धमा भाग लिएका थिए ।
    पत्रकार तथा लेखक मगरले मिलन लामालाई ९८५११०७४८४ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । विदेशमा रहेका नेपालीले एनआइसी एसिया बैंकमा रहेको सूर्य तामाङको नाममा रहेको १७८७९५२०८२६५५२४०१ खाता नम्बरमा सिधै सहयोग रकम जम्मा गर्न सक्ने उनले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology