Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७८ बिहिवार • १०:०७:३७ बजे
  • 898
    SHARES
  • उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

    इन्डियन प्रिमियर लिग २०२१ को उपाधिको लागि कोलकाता नाइटराइडर्स र चेन्नई सुपर किंग्स भिड्ने भएको छ । गएराति भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई हराउँदै फाइनलमा पुगेको हो ।

    images

    यसअघि चेन्नई दिल्लीलाई नै हराउँदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल दुबईमा शुक्रबार साँझ ७:४५ मा सुरु हुनेछ । दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले एक बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गरेको हो ।

    त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ३६, श्रेयस अयरले ३० रन बनाए भने पृथ्वी शर मार्कस स्टोइनिसले समान १८,१८ रन बनाए ।

    बलिङतर्फ कोलकत्ताका वरुण चक्रवर्तिले दुई विकेट लिए भने लकी फग्र्युसन र शिवम मावीले एक विकेट लिए ।

    १३६ रनको लक्ष्यका साथ मैदान पसेको कोलकत्ताले एक बल बाँकी रहँदै सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो। कोलकत्ताका दिनेश कार्तिक, कप्तान इयोन मोर्गन, सुनिल नायर र शकिब अल हशन शून्य रनमा आउट भए।

    ओपनिङमा आएका सुभमन गिलले ४६ रन बनाए भने वेंकटेस अयरले ५५ रनको अर्धसतकिय पारी खेले। दिल्लीका एनरिच नोर्किया, कागिसो रबाडा र रविचन्द्र अश्विनले समान २,२ विकेट लिए।

    अभेष खानको खातामा एक विकेट जोडियो । खेलको अन्तिममा कोलकत्तालाई १३ बलमा २५ रन चाहिएको थियो। त्यतिबेला उसले सातौं विकेट गुमायो। त्यसबीचको तीन ओभर पाँच बलमा कोलकत्ताले ६ विकेट गुमाइएको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology