Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७८ शनिवार • ०९:४३:३३ बजे
  • 1.2K
    SHARES
  • साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

    साफ च्याम्पियनसिप २०२१ को फाइनल आज हुँदैछ । उपाधिको लागि नेपाल र भारत भिड्दै छन् । खेल राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा हुनेछ ।

    images

    भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको थियो भने नेपाल उपविजेता बन्दै फाइनलमा पुगेको थियो । भारतले समूह चरणमा २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेको थियो भने भने नेपालले २ जित, १ बराबरी र १ हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो ।

    जारी प्रतियोगितामा समूह चरणमा भारतले नेपाललाई १-० ले पराजित गरेको थियो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो ।

    भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ ।

    नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख गर्दै प्राप्त अवसरलाई नगुमाउने र जित्नकै लागि खेल्ने उद्घोष गरेका छन् ।

    भारतका प्रशिक्षक शानमुगम वेंकटेशले आफ्नो टिम पुरै आत्मविश्वासी र प्रेरित भएर उपाधि रक्षाका लागि मैदान उत्रने बताएका छन् । कप्तान किरण चेम्जोङले पनि फाइनल खेल गोर्खाली पारामा खेल्ने बताएका छन् ।

    उनले माल्दिभ्स आफ्नो दोस्रो घर भएकाले यो भूमीमा इतिहास बनाउने लक्ष्यमा रहेको पनि बताए । फाइनल खेलको लागि आफ्नो टोली तयार भएको उनको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology