Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशका धेरैजसो स्थानमा मौसम बदली हुने,चट्याङ र हिमपातको सम्भावना

देशका धेरैजसो स्थानमा मौसम बदली हुने,चट्याङ र हिमपातको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७८ शनिवार • ०९:४६:०१ बजे
  • 901
    SHARES
  • देशका धेरैजसो स्थानमा मौसम बदली हुने,चट्याङ र हिमपातको सम्भावना

    जल तथा मौसम विज्ञान विभागले आज शनिबारदेखि केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ ।

    images

    विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

    भारतको आन्ध्रा प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबारदेखि नेपालमा आंशिकदेखि सामान्य बदली हुने र आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ ।

    “धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना छ,” बुलेटिनमा भनिएको छ, “उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको पनि सम्भावना छ।”

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology