हिजो चप्पल पड्काएर हिड्ने नेतासङ्ग आज कसरी आयो चिल्लो कार ? एकै शब्दमा उत्तर आउछ, भ्रष्टाचार । महिनाको ३०/४० हजार बुझ्ने कर्मचारीका छोराछोरीको मासिक पढाई खर्च कसरी हुन्छ २०/२५ हजार ? एकै शब्दको उत्तर, भ्रष्टाचार । हिजो होटेलमा भाडा माझ्ने ब्यक्तिको कसरी भयो यत्रो महल ? हिजो पसलमा काम गर्ने मजदुरको कसरी भयो २/४ वटा घर ? बिदेशमा रहेर महिनाको ४०/५० हजार कमाउने ब्यक्तिले कसरी किन्यो २/३ करोडको घर ? सुन पसलमा पुछा लाउने कालिगढको पसलमा काहाबाट आयो करोडौको सुन र चादी ? हिजो खलासी बनेर गुजारा गर्ने ब्यक्तिको कसरी भयो २०/३० वटा गाडी ? हिजो बोर्डिङमा पढाउने टिचरले कसरी खोल्यो बोर्डिङ स्कूल ? यि सबैको एक मुस्ट उत्तर हो, भ्रष्टाचार । भ्रष्टाचार भ्रष्टाचार जतासुकै भ्रष्टाचार, यहि भएको छ, नेपालिको चिनारी । यसो भन्दै गर्दा इमानदार नागरिक पनि छन तर निकै कम । ति नागरिक जसले खानैको लागी संघर्ष गरेका छन । इमानदार भएकै कारण सामाजिक, राजनैतिक र आर्थिकरुपले पछि परेका छन । यो सबै हुनुमा उनिहरुको दोष देखिदैन ब्यबस्थाकै कमजोरी देखिन्छ ।
देशलाई अति विकसित देश बनाउनु पर्छ, यस मुलुकका सबै जनता सुखी हुनु पर्छ, खुसी हुनुपर्छ भन्ने सोच कसैमा देखिदैन । मुलुकलाई समृद्ध बनाउछु भन्ने नेता र कार्यकर्ताहरुलाई देशको माया हुदैन भने, देश र जनताको सेवा गर्छु भन्ने सरकारी कर्मचारिहरुलाई देशको माया हुदैन भने अरु जनताको त के कुरा गर्ने ? सबै त्यस्तै र सबै उस्तै हुन । यहाँको सस्कारले, यहाको ब्यबस्थाले सबैलाई उस्तै बनाएको छ । सबैलाई त्यही सिकाएको छ, जसरी हुन्छ पैसा कमाउ र आफ्नो दुनो सोझाउ । पैसा पैसा भन्ने सोचको बिकास भएकै कारण सदाचार हराएको छ । शुसासन कागजमै बिलाएको छ । कानुन सानालाई ऐन ठुलालाई चैन भने जस्तै भएको छ ।
यहाँको सिस्टमले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सिकाएको कुरा हो भ्रष्टाचार । गाउँदेखी सहरसम्म र किसानदेखी उधोगपतिसम्म, कार्यकर्तादेखी नेतासम्म सबैले सिकेको कुरा हो, जालझेल । त्यही जालझेलले भ्रस्टाचारको रुप ग्रहण गरेको छ । पढेकोले पनि जान्ने नपढेकोले पनि जान्ने कुरा हो, असन्तोष त्यही असन्तोष भ्रष्टाचारको जननी भएको छ । अदक्ष जनशक्तिले पनि जान्ने दक्ष जनशक्तिले पनि जान्ने कुरा हो, लोभ लालच त्यही लोभलालचले जन्माएको छ, भ्रष्टाचार । यहा बालक देखी बुढासम्म सबैले अभावको जिन्दगी जिउनु परेको छ, त्यही अभाब पुर्तिको माध्यम बनेको छ, भ्रष्टाचार । यहा महिलादेखी पुरुषले भोगेको कुरा हो असुरक्षा, त्यही असुरक्षाको कारण बनेको छ, भ्रष्टाचार । यि सबै हुनुमा देशमा कडा अनि बिधिको शासन नहुनु हो, त्यसैको परिणाम दिनप्रतिदिन भ्रस्टाचारले बिकराल रुप लिदै छ ।
भ्रष्टाचारको बिरोधमा बलिदान दिने पार्टिहरु र ति पार्टीका नेता तथा कार्यकर्ताहरु आफै भ्रस्टाचारको खेतिमा रमेका देखिन्छन । दुधको साची बिरालो भने जस्तै भएको छ यहाको सिस्टम । जो सत्तामा पुग्छन तिनै खुङ्खार भ्रस्टाचारि भएर निस्किरहेका छन । होइन के छ यहाको सिस्टममा ? मलाई अचम्म लाग्छ । जसो जसो बाहुन बाजे उसो उसि स्वाह भने जस्तै यहाँका नागरिकलाई लिसोले जस्तै किन भ्रष्टाचारले छोपेको छ ? सदन देखी सडकसम्म र सिहदर्बार देखी गल्ली गल्लिमा किन भ्रष्टाचारले बास गरेको छ ?
भ्रष्टाचार शब्द भ्रष्ट र आचर मिलेर बनेको छ । जहा भ्रष्टको अर्थ खराब या बिग्रेको हुन्छ भने आचरको अर्थ आचरण वा सदाचार हुन्छ । सामान्य अर्थमा भ्रष्टाचार भनेको आचरण खराब भएको, आचरण बिग्रेको, आचरण अनैतिक भएको, आचरण अनुचित भएको हुन्छ । करोडौं नागरिकको आचरण खल्बल्याउने त्यस्तो के छ यहाँ ? इमानदारी किन देखिदैन यहाँ ? के सधै यस्तै ब्यबस्था नेपालीले भोग्नु पर्ने हो ?
सामान्यतया आर्थिक कारोबार अनुचित तरिकाले गर्ने कार्यलाई भ्रष्टाचार भनेर बुझ्ने गर्दछन । तर माथिको अर्थ अनुसार खराब नियतले गरिने कुनै पनि कार्य भ्रष्टाचार हो । कानुनी नजरबाट हेर्दा निति र नियमलाई तोडेर गरिने कुनै पनि कार्य भ्रष्टाचार हो । कानुनको नजरले नमान्ने कार्य सबै भ्रष्टाचारका रुप हुन । दुराचार, ब्यभिचार, अनाचार, अत्याचार, अन्याय आदि सबै भ्रष्टाचार अन्तरगत पर्दछ । यि सबै भ्रस्टाचारको जड हुन । असन्तोष भ्रष्टाचारको मुख्य कारण हो । त्यस्तै गरि अभाब पनि भ्रष्टाचारको स्रोत हो भने लोभलालच भ्रस्टाचारको जन्म गराउछ ।
जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता आदिले पनि भ्रष्टाचार जन्माउछ । भ्रष्टाचारको दुश्प्रभाबले समाज र राष्ट्रमा ब्यापक असमानता र अत्याचारको उदय हुन्छ । जुन देशमा दण्ड बलियो छ त्यस्ता देशमा शुसासन र सदाचारको अबस्था राम्रो हुने भएका कारण भ्रस्टाचार कम हुन्छ । जुन देशमा दण्ड कम्जोर छ त्यस्ता देशमा अन्याय, अत्याचार र भ्रष्टाचार बढि हुन्छ । अब प्रश्न उठ्छ, के नेपालको कानुन र दण्ड कमजोर भएकै हो त ?
नेपालको सन्दर्भमा राजनीति, सस्कृती, उधोग, प्रशासन, आदिमा एति बढी भ्रष्टाचार छ कि यसबाट मुक्ति पाउन धेरै कठिन छ । भ्रष्टाचारकै कारण देशमा शुसासन स्थापित हुन सकेको छैन । भ्रस्टाचारकै कारण जनतामा सुख चैन आउन सकेको छैन । यस्तो हर्कत कहिले सम्म ? कर्मचारी र नेताहरुलाई मात्र भ्रष्टाचारीको नाम दिएर जनता उम्कन सक्ने अबस्था छैन । भ्रष्टाचारी नेता जन्माउने जनता पनि भ्रष्टाचारि नै हुन । सरकारलाई कर नतिरेर अकुत सम्पत्ति थुपार्ने ब्यक्तिहरु पनि भ्रस्टाचारी नै हुन । चुनावी बेला रक्सिमा बिक्ने, मासुमा बिक्ने , चामलमा बिक्ने सबै जनता भ्रष्टाचारि नै हुन । कानुनले बर्जित गरेका नियमलाई पालना नगरेर बिभिन्न बहानामा बिभेद गर्ने सबै नागरिक भ्रष्टाचारि नै । यिनै कारण भन्न सकिन्छ कि नेपालका नेतादेखी जनतासम्म सबै भ्रष्टाचारी हुन । यो लेखबाट थोरै इमानदार नागरिकलाई पर्न गएको असुविधा प्रती क्षमा याचना प्रकट गर्दछु ।