Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कम उमेरकालाई दिन मिल्ने फाइजर खोप केही दिनमै नेपाल आउने

कम उमेरकालाई दिन मिल्ने फाइजर खोप केही दिनमै नेपाल आउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७८ शनिवार • १२:२७:१६ बजे
  • 838
    SHARES
  • कम उमेरकालाई दिन मिल्ने फाइजर खोप केही दिनमै नेपाल आउने

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै नेपाल आइपुग्ने जानकारी दिएको छ ।

    images

    १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोरकिशोरीलाई दिन मिल्ने उक्त खोपको १ लाखभन्दा बढी डोज नेपाल ल्याउन लागिएको हो ।

    सरकारले दशैँअघि नै खोप नेपाल आइसक्ने बताएको भए पनि विभिन्न कारणवश ढिलाइ भएको बताइएको छ ।

    अब दशैँलगत्तै पहिलो चरणको फाइजर खोप नेपाल आइपुग्ने जनाइएको छ । नेपालले कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा उक्त खोप पाउनेछ । द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत खोप आउनेछ ।

    यस खोपका लागि विशेष चिस्यान भएको भण्डार क्षमता आवश्यक गर्छ । यसलाई पूर्णकालीन सुरक्षाका लागि अल्ट्रा कोल्ड चेन माइनस ४४ देखि माइनस ८० सेल्सियस तापक्रम सम्मको भण्डारण क्षमता हुनुपर्छ । 

    माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियस तापक्रममा पनि यसलाई अल्पकालीन रुपमा भण्डारण गर्न सकिन्छ । हाल फाइजर खोप भण्डारण गर्न मिल्ने चारवटा कूल चेन तयार सरकारले तयार गरेको जनाइएको छ, जसमा एक लाख डोज खोप भण्डारण गर्न सकिने क्षमता छ ।

    नेपालमा अहिलेसम्म १८ वर्षभन्दा माथिकालाई मात्र दिन मिल्ने कोभिशिल्ड, अस्टाजेनेका, भेरोसेल तथा जोन्सन एन्ड जोन्सन खोपहरु मात्र ल्याइएको छ । फाइजर खोप भित्रिएपछि भने विशेषगरी ११ वर्षदेखि १८ वर्ष उमेरसमूहका बालबालिकाले खोप पाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # फाइजर खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology