Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३ गोलले पराजित

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३ गोलले पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७८ आइतवार • ०९:५०:५३ बजे
  • 1.1K
    SHARES
  • साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३ गोलले पराजित

    माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको साफ च्याम्पियनसिपमा सात पटकको विजेता भारतसँग नेपाल ३–० गोलले पराजित भएको छ । पहिलो हाफमा नेपालले सुरुवातमा नै गोलको अवसर गुमाएको थियो ।

    images

    पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै नेपालले दुई गोल खान पुग्यो । कप्तान सुनिल सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाए ।

    पहिलो गोल खाएको एक मिनेटमै भारतले दोस्रो गोल ग-यो । सुरेश सिंह वाङजमले एक मिनेटपछि नै भारतको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समयमा सहाल अब्दुद समादले अर्को गोल गर्दै भारतलाई सहज जीत दिलाए ।

    सुजल श्रेष्ठको क्रसलाई नवयुग श्रेष्ठले जाली चुमाउन सकेनन् । उता, भारतको निरन्तर आक्रमणलाई गोलकिपर किरण चेम्जोङले बचाऊ गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology