Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल मेरो मुटुमा छ नेपाल विश्वकै उत्कृष्ट टिम बन्न सक्छ: प्रशिक्षक अलमुताइरी

नेपाल मेरो मुटुमा छ नेपाल विश्वकै उत्कृष्ट टिम बन्न सक्छ: प्रशिक्षक अलमुताइरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७८ आइतवार • १३:५९:०८ बजे
  • 2.1K
    SHARES
  • नेपाल मेरो मुटुमा छ नेपाल विश्वकै उत्कृष्ट टिम बन्न सक्छ: प्रशिक्षक अलमुताइरी

    नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो सम्बन्ध जिन्दगीभर रहने बताएका छन् ।साफ च्याम्पियनसिपको फाइनलपछि उनले आफ्न भविष्यबारे निर्णय लिन केही समय लाग्ने बताए ।

    images

    उनले नेपाल सधैं आफ्नो मुटुमा रहने बताउँदै हाललाई विश्रामको आवश्यकता रहेको बताएका हुन् । उनले भने, ‘अहिले नै केही भन्न सक्ने अवस्था छैन । अब मलाई विश्रामको खाँचो छ । म पछिल्लो ६ महिना लगातार काम गर्दै आएको छु । मलाई १/२ साता विश्राम लिएर मात्र नेपालसँग मेरो भविष्यबारे सोच्नेछु ।’

    नेपालबाट पाएको साथ छोड्न कठिन हुने बताए । उनले भने, ‘मैले नेपालबाट धेरै माया पाएको छु । म मेरो टिमका खेलाडी, सबै अफिसियल सहकर्मी, समर्थक, मेरो परिवार सबैलाई धेरै माया गर्छु । मेरो अन्तिम साससम्म पनि म नेपाललाई माया गरिरहनेछु । मलाई नेपाली समर्थकले सधैं माया गर्नुभएको छ ।

    हो नेपालमा मलाई मन नपराउने पनि छन्, तर त्यसो भन्दा सबै नराम्रो होइन । मुख्य कुरा मैले नेपाली समर्थकबाट पाएको माया हो । आफूलाई नेपालले साथ दिएको भन्दै उनल धन्यवाद दिए । उनले भने, ‘मलाई कसैले साथ नदिँदा नेपालले साथ दियो । म नेपालका सबैलाई धन्यवाद दिन चाहन्छु ।

    एक मिनेटको अन्तरमा दुई गोल खाँदा निकै कठिन भएको पनि उनले सुनाए । ‘आज हामी हार्यौं, किनभने हामीसँग फाइनल खेल्ने अनुभव नै थिएन । जब फाइनलमा एक मिनेटको अन्तरमा दुई गोल खाएको अवस्था हुन्छ, त्यो निकै कठिन हुन्छ,’ उनले भने । नेपाली फुटबल टोलीले निरन्तर मिहिनेत गरेर फाइनलसम्म आइपुगेको बताए ।

    उनले भने, ‘कसैले पनि टोलीको लागि राम्रो र नराम्रो बोल्नुअघि तपाईंले टोलीको प्रदर्शन देखेर गर्व लाग्यो कि लागे सोध्न चाहन्छु । म पहिलो पटक नेपाल आएर बोल्दा धेरैले म पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी लिएँ सोच्दै फरक सोचेका थिए होला । तर हाम्रो टोलीले निरन्तर मिहिनेत गरेर यहाँ आइपुगेका छौं ।’

    आफ्नो मुटुमा नेपाल भएको र कसैले नदिएको माया नेपालले दिएको उनले सुनाए । ‘मेरो पनि मुटु छ र मेरो मुटुमा नेपाल छ । त्यो नाम कसैले हटाउन सक्दैन । नेपाल, कुवेत र कतार मेरो मुटुमा छ । म नेपालमा रहेपनि नरेपानी सधैं रहन्छ ।

    मलाई कसैले नदिएको माया नेपालले दिएको छ ।’ आफूलाईं नेपालले बनाएको भन्दै उनले थपे, ‘नेपालले मेरो नाम बनाएको छ । मैले टिम मात्र बनाएको होइन, मलाई नेपालले बनाएको छ ।

    नेपाल धेरै ठूलो देश हो । हामीले नेपालको महत्त्व बुझ्न सकेको छैनौं । यदि सबैले माया गर्ने हो भने नेपाल विश्वकै उत्कृष्ट टिम बन्न सक्छ ।’

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology