Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४ घण्टामा नेपालमा ३८५ कोरोना संक्रमित थपिए, ६८० संक्रमणमुक्त, ६ जनाको मृत्यु

२४ घण्टामा नेपालमा ३८५ कोरोना संक्रमित थपिए, ६८० संक्रमणमुक्त, ६ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३१, २०७८ आइतवार • १७:५९:१४ बजे
  • 733
    SHARES
  • २४ घण्टामा नेपालमा ३८५ कोरोना संक्रमित थपिए, ६८० संक्रमणमुक्त, ६ जनाको मृत्यु

    पोखरा । देशभर पछिल्लो २४ घण्टामा ३८५ कोरोना संक्रमित थपिएका छन् ।

    images

     

    देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणमा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

    यस्तै १ हजार १११ एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ८ हजार ७७ परीक्षणमा ३९१ संक्रमित भएका छन्

    । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमित पुष्टि हुनेको संख्या ८ लाख ५ हजार ३७ पुगेको छ ।

    २४ घण्टामा थप ६८० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७१ हजार ४५६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ । सक्रिय संक्रमित को संख्या १२ हजार २९७ रहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology