Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्याराग्लाडिङ नदी किनारामा खस्दा वडाध्यक्ष गम्भीर घाइते

प्याराग्लाडिङ नदी किनारामा खस्दा वडाध्यक्ष गम्भीर घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३१, २०७८ आइतवार • १८:०४:४३ बजे
  • 1.4K
    SHARES
  • प्याराग्लाडिङ नदी किनारामा खस्दा वडाध्यक्ष गम्भीर घाइते

    सुनसरी । सुनसरीको धरान उपमहानगगरपालिका–४ छोटी मोरङबाट उडेको प्याराग्लाडिङ सप्तकोसी नदी किनारामा खस्दा वडाध्यक्षसमेत रहेका चालक रोशन अधिकारी गम्भीर घाइते भएका छन् ।

    images

     

    प्याराग्लाइडिङ उडाउँदै धरान–१४ स्थित विजयपुरको मैदानमा अवतरण हुनुपर्नेमा आइतबार दिउँसो अचानक आएको पानीसँगै हावाहुरीले धकेलेर करिब २५ किलोमिटर पश्चिममा पर्ने उदयपुरको बेलाका नगरपालिका क्षेत्रको लाहुरे खोच नजिकै कोसी नदीको किनारमा दुर्घटनाग्रस्त भएको थियो ।

    ४८ वर्षीय अधिकारी धरान–१ का वडाध्यक्ष हुन् । उनको स्काई एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले छोटीमोरङबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गर्दै आएको छ ।

    अध्यक्ष अधिकारी स्वयम्‌ले सोलो पाइलटको तालिम लिएकोले बेलाबेलामा आफै पनि उड्दै आएका थिए । घाइते वडाध्यक्ष अधिकारीलाई बेलकाबाट उद्धार गरेर प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरेको छ

    प्रहरीका अनुसार उनको कम्मरमा गम्भीर चोट लागेको छ । उनको ढाडमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology