Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरो

बिदुर-१३,कागुनेमा गएराती पहिरोले पुरिएर २ चौपायाको मृत्यु ,२० रोपनीमा लगाएको धान खेतीमा क्षति

बिदुर-१३,कागुनेमा गएराती पहिरोले पुरिएर २ चौपायाको मृत्यु ,२० रोपनीमा लगाएको धान खेतीमा क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७७ मंगलवार • ०८:१७:४१ बजे
  • 2.3K
    SHARES
  • बिदुर-१३,कागुनेमा गएराती पहिरोले पुरिएर २ चौपायाको मृत्यु ,२० रोपनीमा लगाएको धान खेतीमा क्षति
    अन्जान गुभाजु नुवाकोट /अबिरल बर्षा पछि गए राति करिब १ बजे खसेको पहिरोले गोठ पुरिएर २ चौपाया मरेका छन् । नुवाकोटको विदुर नगरपालिका–१३ कागुनेका राज कुमार श्रेष्ठको भैँसी, पाडो पहिरोमा पुरिएको स्थानीय बसन्त श्रेष्ठले जानकारी दिएका छन् ।
    received_326622742082154.jpeg
    पहिरो पछि प्रहरी र वडा अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधिले निरीक्षण गरेका छन। करिब १ लाख ५० हजार बराबर पाडो र भैसी मरेर क्षति भएको र भैंसी गोठ करिब १ लाख जति क्षति अनुमान गरिएको श्रेष्ठले जानकारी दिए । गोठदेखि अलि पर रहेको घरमा भने कुनै क्षति हुन पाएन । “वस्तुभाउको क्षति भयो, पीडित लाई राहतको लागि वडा , नगरपालिकालगायत सम्बन्धित निकायमा पहल गरिने जनाएको छ। अर्को मध्ये पहाडी राजमार्ग अन्तगर्त देउडी ,कागुने खण्डमा २ हप्ता अघि गएको पहिरोको भल पसेर उपाकार बोडिङ स्कुल र स्थानीय मान ब तामाङ र सुकु तामाङ को नंया घर पुरेको छ ।उक्त पहिरोले प्रेम बहादुर तामाङ,मानबहादुर,सुन बहादुर तामाङ, नेवाङ तामाङ,कृष्णबहादुर तामाङ,कमानसिंह तामाङ, दुर्गा नारायण श्रेष्ठ, तप्केस्वर पाण्डे, र चन्द बहादुर खडका लगाएतको अन्दाजी २० रोपनीमा लगाएको धान खेतीमा समेत क्षति पुगेको छ।
    received_2772501332969069.jpeg
    उक्त पहिरो बेलैमा नियन्त्रण हुन नसके पहिरो खसेको ठाँउ भन्दा करिब ६० मिटर को दुरिमा रहेको बस्ती तथा झोलुङ्गे पुल समेत जोखिममा पर्ने देखिएको छ । पहिरोको भल बगे संगै डेउडी कागुने सडक अबरुद्ध भएको छ। देउडीबाट कागुने हुँदै सामरी जान एम्बुलेन्स लगायत सवारी साधनलाई कल्याणपुर ,खहरे हुँदै जानू पर्ने स्थानीय राजु खड्काले पिटि अनलाइन बताए ।
    received_2791798721065049.jpeg
    त्यस्तै १३ वडाको रिप स्थित कार्की गाउँको ठूलो पधेरामा पनि पहिरो खसेको स्थानीय नारायण खड्काले जानकारी गराएको छ । उक्त पहिरोले खासै क्षती पुर्याएको छैन । पहिरो नियन्त्रणका लागि स्थानियले नगरपालिका लगायत सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन् । त्यस्तै अविरल वर्षासँगै पात्ले खोलामा आएको बाढीले विदुर नगरपालिका वडा -१० को गेर्खुखोलामा रहेको एक घर पुरेको छ भने १० घर उच्च जोखिममा परेको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology