Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको थप २० लाख डोज खोप दिने

चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको थप २० लाख डोज खोप दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • २०:३७:१३ बजे
  • 697
    SHARES
  • चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको थप २० लाख डोज खोप दिने

    चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको थप २० लाख डोज खोप दिने भएको छ ।

    images

    परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन सम्वाद भएको हो । मंगलबार भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।

    टेलिफोन कुराकानीमा खड्का र यीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

    कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology