Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७८ बुधवार • १०:५२:३२ बजे
  • 694
    SHARES
  • यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images

    भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा सोमबारदेखि अविरल वर्षा भइरहेको छ ।

    आज प्रदेश १ र प्रदेश २, बागमती, र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेछ । त्यस्तै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले आवश्यक सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई अपिल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # भारी वर्षाको सम्भावना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology