Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतको महाबुल्लामा हुने भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

कुवेतको महाबुल्लामा हुने भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

कार्तिक ३, २०७८ बुधवार • १८:५८:५५ बजे
  • 1.1K
    SHARES
  • कुवेतको महाबुल्लामा हुने भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

    कुवेतमा आयोजना हुने लागेको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नमस्ते रेष्टुरेन्ट खेलकुद परिवार कुवेतको आयोजना तथा BEC र सिटि एक्सप्रेसको प्रायोजनमा २२ अक्टोबरमा हुने भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको हो ।

    images

    विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर खेलको आयोजना गरी मनोरञ्जन दिलाउनुको साथै शुभकामना आदान-प्रदान गराउने र आपसी भाईचारालाई सुदृढ पार्ने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन ।

    कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्रभलाद्मी, पत्रकार, कलाकार लगायत समस्त कुवेतवासी नेपालीहरुलाई भलिबल प्रतियोगिताको दिन कुवेतको महाबुल्लाको भलिबल खेल मैदानमा उपस्थित भई खेलको मनोरञ्जन लिन आयोजकले चुले निम्तो दिएको छ ।

    भलिबल प्रतियोगिताको पुरस्कार यस प्रकारको रहेको छ ।

    पुरस्कारहरु-

    प्रथम पुरस्कार:१५१ केडि

    दोस्रो पुरस्कार: ७५ केडि

    आयोजक -नमस्ते रेष्टुरेन्ट खेलकुद परिवार कुवेत आयोजना तथा BEC र सिटि एक्सप्रेस

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology