Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १०:०९:०६ बजे
  • 526
    SHARES
  • कस्तो छ आजको मौसम ?

    पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लो बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ ।

    images

    बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । आज बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ ।

    दिउँसो भने केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    आज राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ । शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकीका एक÷दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology