Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोंगबु हत्या प्रकरण : हत्याको मुख्य कारण यौन शोषण

गोंगबु हत्या प्रकरण : हत्याको मुख्य कारण यौन शोषण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७७ मंगलवार • १४:१०:०२ बजे
  • 1.5K
    SHARES
  • गोंगबु हत्या प्रकरण :  हत्याको मुख्य कारण यौन शोषण

    रोल्पा घर भइ काठमाडौंको गोंगबुस्थित होटलमा बस्ने आएका ४५ वर्षीय कृष्णबहादुर बोहोराको हत्याको मुख्य कारण यौन शोषण देखिएको छ । मृतक तथा अभियुक्तबीच शारीरिक सम्बन्ध भएको प्रहरीले जनाएको छ । बोहोरा ८ महिनादेखि गोंगबुस्थित एक होटलमा बस्दै आएको र कल्पना शाही भन्ने कल्पना मुडवरी पौडेलको कोठामा जाने आउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    images
     

    महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले हत्याको मुख्य कारण यौन शोषण भएको जानकारी दिए । उनले भने, ‘हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिन्छ । मृतक र अभियुक्तबीच ३/४ वर्षदेखि फेसबुमार्फत चिनाजानी भएर सम्पर्कमा रहेको देखियो । मृतकले अभियुक्तको फोटो राखेर फेक फेसबुक आइडी खोलेर चलाउने गरेको र आफू अनुकूल चल्नका लागि दबाब दिने गरेको पाइएको छ ।’

     

    काठमाडौंको गोंगबुमा शनिबार राती भएको विभत्स हत्या प्रकरणमा आरोपी महिलाले नशालु चक्की खुवाएर बोहोराको हत्या गरेको बयान दिएकी छन् । हत्यामा आफूमात्रै संलग्न भएको पक्राउ परेकी अभियुक्तले बयान दिएको प्रहरीले जनाएको छ । उनी र उनकी छोरीलाई प्रहरीले चितवनबाट हिजो पक्राउ गरेको थियो ।

    प्रहरीसँगको बयानमा उनले भनेकी छन्, 'भोड्का र स्लिपिङ ट्याब्लेट दिएर बेहोस बनाएँ । हल्का बेहोस भएका समयमा ह्यामरले संवेदनशील अंगमा हिर्काएँ । त्यसपछि ढलेपछि उसको हत्या गरेकी हुँ । हत्यामा कसैको पनि संलग्नता छैन । शव फाल्न भने छोरीले पनि सहयोग गरेकी थिइन् ।'

     

    प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको बताएकी छन् । प्रहरीले ह्यामर र दाउ पनि सार्वजनिक गरेको छ ।

    घटनापछि ती महिला एम्बुलेन्समा चितवन पुगेको खुलेको छ । चितवनको शक्तिखोरस्थित माइती गएकी उनलाई प्रहरीले चितवनको टाँडीबाट पक्रेको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology