Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ५४५ जनामा काेराेना पुष्टि, संक्रमणबाट ८ काे मृत्यु

थप ५४५ जनामा काेराेना पुष्टि, संक्रमणबाट ८ काे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १६:४७:३० बजे
  • 877
    SHARES
  • थप ५४५ जनामा काेराेना पुष्टि, संक्रमणबाट ८ काे मृत्यु

    नेपालमा पछिल्लाे २४ घन्टाको अवधिमा ५४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ६ हजार ५८७ आरटी पिसिआर र १ हजार ९६३ एन्टिजेन गरी कुल ८ हजार ५४९ जनामा परीक्षण गरिएकोमा ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ११ हजार ३१५ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १० हजार ५३० जना होम आइसोलेसनमा, ७८५ संस्थागत आइसोलेसनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २८८ जना र भेन्टिलेटरमा ९८ जना उपचाररत छन् ।

    मन्त्रालयकाअनुसार बिहीबार देशभरबाट ७२६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ । निको हुने दर ९७.२ प्रतिशत छ ।

    पछिल्लो २४ घन्टाको अवधिमा ८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology