Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ७०८ जनामा कोरोना पुष्टि, ९३२ डिस्चार्ज

थप ७०८ जनामा कोरोना पुष्टि, ९३२ डिस्चार्ज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७८ शुक्रवार • १८:४८:२२ बजे
  • 739
    SHARES
  • थप ७०८ जनामा कोरोना पुष्टि, ९३२ डिस्चार्ज

    मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ७६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ७ हजार २ सय ५३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ७४ जना र २ हजार १ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २ हजार १पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ३२ जना निको भएर घर फर्किएका छन् ।

    योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८५ हजार ८ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३ सय ७६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ९८ हजार ३ सय ४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२९ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology