Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ६, २०७८ शनिवार • ०८:३१:१६ बजे
  • 772
    SHARES
  • मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

    पोखरा । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग २-० ले पराजित भएको छ । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमण रहेको नेपाल इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग २-० ले पराजित भएको हो ।

    images

     

    एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । छनोटमा समूह बी मा रहेको नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग खेल्नेछ ।

    नेपालले पहिलो खेल आगामी सोमबार अक्टोबर २५ मा इरानसँग खेल्नेछ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमका ६ खेलाडीलाई समावेश गर्दै २३ सदस्यीय टोली तयार पारेका छन् ।

    त्यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका अरु पाँच खेलाडी पनि टिममा छन् । आयोजक उज्वेकिस्तान भने यसअघि नै छनोट भइसकेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology