कमल भण्डारी
मानिसको जन्म मृत्यु मात्रै सत्य हुन ! बाकी सबै मिथ्या मात्रै हुन । मानव मात्रै त्यस्तो चेतनशील प्राणी हो । जस्ले असल र खराव सत्य र असत्य बिचको भिन्नता पहिल्याउन सक्छ । हरेक मानिसको मन भित्र धर्म मन बचन कर्म परोपकारी धडकनमा जीवित रहिरहेको हुन्छ ।
समाज रूपान्तरण र पिडितलाई परोपकार गर्ने, भनिएका संघ संस्था भित्र किन नेतृत्वको लागी मात्रै मरिहत्ते गर्ने, प्रवत्ति हावी भएको हो । रूपान्तरण गर्न नेतृत्व अनिवार्य हो, तर यसको मापदण्ड के हो ? योग्यता, क्षमता, वरीयता र सक्रियता मार्फत चयन हो कि ! उल्लेखित बुँदा भनाइ एक गराइ अनेक हो ।
एक पटक समिक्षा सहित मूल्यांकन गर्ने कि? विश्वका लगभग १५० भन्दा बढी देशमा म्याग्दीका दाजुभाइ तथा दिदिबहिनिहरू काम र अध्यनको शिलशिलामा प्रदेशमा बसोबास गरेका छन ।
अवको नयाँ नेतृत्वले उर्जा र संगठन विस्तारमा प्रवल इच्छा शक्ति देखाइ जहाँ प्रदेशी म्याग्दीवासी त्यहाँ (मोना) भन्ने मुल नारा सहित अग्रसर लिएर सबै राष्ट्रिय कार्यसमितिलाई गोलवन्द गरी म्याग्दीको पानी घर घरमा धनी भन्ने मुल नारा सहित अगाडी बढनुपर्ने समयमा अहिलेको नयाँ कार्यसमिति चयनको सन्दर्भले गर्दा धैरै देशका राष्ट्रिय कार्यसमितलाई जोश जागर उर्जा आगमन हुनु पर्ने हो ! तर बितृष्णा र कहि नेतृत्व अस्विकार जस्ता शब्द प्रहार हुदा कतै यो संस्था पनि राजनितिक दलको भागबन्डा जस्तो गरी जाने होइन भन्ने धेरै राष्ट्रिय कार्यसमितिका प्रमुख ज्यूहरूले आफ्नो मत जाहेर गर्नु साथै बिरोध र घृणित शब्द प्रयोग गरेको देखिएको छ ।
केहि साथीहरू अधिवेशन समाप्त भएको त्यहि दिनमा पदबाट राजिनामा र मध्यपूर्वको म्याग्दी प्रवासी नेपाली संघ (मोना) गुरूपबाट निस्कनु भएको छ । त्यसकारण यो पाटो पनि अबको नयाँ नेतृत्वको ध्यान पुगोस । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको चौथो अधिवेशनको सन्दर्भमा जे जस्ता गतिविधि देखिए यस प्रकारका घटनाक्रमले गर्दा हामी जस्ता हजारौं युवा शक्तिले म्याग्दीलाई रूपान्तरणको अपेक्षा बोकेका साथीहरूको मनमा गहिरो ठेस पुगेको छ ।
त्यसकारण यस्ता परिघटना किन सिर्जित भए यसको समिक्षा भएको देखिदैन बरू एकले अर्कोलाई खुइल्याउने जस्तो अवस्था देखियो । संस्थाको आफ्नो निति बिधि बिधान छ ! तर यस्को सबैले परिपालना गर्ने कि दलिय भागबण्डा गुट उपगुट सृजना गर्ने, एकले अर्कोलाईअस्विकार गर्ने,जस्ता गतिबिधि देखिनु असाध्यै लज्जाबोध भएको महुसस धैरै राष्ट्रिय कार्यसमितिका प्रमुख व्यक्तिहरूले मनन गर्नु भएको छ । सामान्य बिधान बमोजिम नेतृत्वमा भाग लिदा मुख्य पदको प्रत्याशी हुदा निर्वाचन मण्डले मापदण्डमा केहि कमजोरी भएको जस्तो देखियो ।
आगामी अधिवेशनमा अहिलेको जस्तो अवस्थालाई बन्देज गरी मोना हामी सबैको छाता संगठन हो भन्ने मनन र ग्रहण गर्ने खालको अवस्था सिर्जित गनुपर्ने अनिवार्य शर्त देखिन्छ । नेतृत्वका मापदण्ड पक्कै छन ! होला शैक्षिक योग्यता, व्यक्तिको उमेर, आर्थिक हैसियत, राजनैतिक पहुच, योगदान पक्कै पनि उल्लेखित बिषय जोडिएको हुन्छ होला । अव आउने भावि अधिवेशनलाई नेतृत्वको अवधारणा र दुइ बर्षे कार्यकालको प्रतिबद्धता सहित चयन भएमा हाम्रो संस्था दिगो र भरपर्दो हुनेछ ।
त्यसकारण उल्लेखित बुँदाहरूलाई मनको लडु बनाइ अवको नयाँ कार्यसमितिले २०२१ देखि २०२३ सम्मको लागी सबैको मन मुटमा बस्ने कार्य लागी पहलकदमी होस ! म्याग्दीका जनताको जन अपेक्षा र मोनामा जोडिनु भएका तमाम दाजुभाइ तथा दिदिबहिनिहरूको आशा भरोसा विश्वासलाई कदर गरी चौथो कार्यकाल सधै र सबैको लागी मनन र स्वर्णिम बनोस शुभकामना । मोनाले लगभग एक दशक पार गरिसकेको अवस्था छ ।
अघिल्लो तिन वटै कार्यकालमा पृथक कार्य पनि भएका छन उक्त कार्यको श्रेय पक्कै नेतृत्वलाइ जान्छ । जस्तो कि लब्लि हिल, बाढि पिडितको लागी चालिस घर निमार्ण र हस्तान्तरण त्यसतै बिबिध रोगबाट ग्रसित र आर्थिक अभाव भएका जीवन बचाउ अभियानमा आर्थिक सहयोग भएका छन ।
अन्य पनि धेरै कार्य भएका छन । उक्त कामको समय सन्दर्भमा मूल्यांकन अवश्य हुने छन । अबको नेतृत्वले उल्लेखित बुँदालाई मनन र ग्रहण गरी पहल लिए पक्कै पनि अव आउने नयाँ अधिवेशन र नयाँ नेतृत्वको चमक र उर्जा फरक खालको प्रस्तुति हुने छ । बिगतमा गरिएका समाजिक कार्यको उच्च समान गर्दै अब आर्थिक पक्षलाई पनि जोडन सकियो भने (मोना)मा लगानी सबै म्याग्दीवासी घर घरमा धनि हुने अपेक्षा राख्न सकिन्छ ।
सबै क्षेत्रमा बिज्ञ टोलिको चयन र कार्यन्वयनले मात्रै जन अपेक्षा पूरा गर्न सकिन्छ । कृषि बिज्ञ पशु बिज्ञ, उर्जा बिज्ञ , जलस्रोत बिज्ञ, पूर्वाधार बिज्ञ, स्वास्थ्य बिज्ञको समुहलाइ एकता गरी समुहिक लगानीमा प्रोत्साहित गर्ने हो ! भन्ने हाम्रो म्याग्दी राम्रो म्याग्दी र नेपालको ७७ जिल्ला भन्दा उत्कृष्ट पृथक म्याग्दी बनाउन सकिन्छ ।
उल्लेखित अवधारण सहित कार्य प्रगतिको लागी चौथो अधिवेशनबाट निर्वाचित सम्पूर्ण कार्यसमितिलाइ बधाई तथा शुभकामना । नाना छाना अन्न शिक्षा स्वास्थ्य पूर्वाधार रोजगारी जस्ता आधारभूत बिषयलाई अबधारण सहित नयाँ नेतृत्वले हामी सबैको अपेक्षा पूरा गर्ने प्रतिबद्धता आउने छ भन्ने हामी सबैको चाहानालाई सम्बोधन गर्ने छ, भन्ने अपेक्षा मात्रै गर्न सकिन्छ ।
यदि उल्लेखित बिषय पूरा भइ रोग भोक शोक र रोजगारी जस्ता बिषयलाई प्राथमिकतामा राखी कार्य भएका अहिलेको नेतृत्व इतिहासमा स्वर्णिम अक्षरमा सजावट हुनेछ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मन घर घरमा चौबीस क्यारेटको सुन भन्ने नाराले सार्थक मिलोस ।