Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१ लाख ६२० डाेज फाइजर खोप नेपाल आउँदै

१ लाख ६२० डाेज फाइजर खोप नेपाल आउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७८ सोमवार • ०९:४६:२० बजे
  • 706
    SHARES
  • १ लाख ६२० डाेज फाइजर खोप नेपाल आउँदै

    अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडबिरुद्धको फाइजर खोप आज नेपाल आउदैछ ।

    images

    अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज काठमाडौं आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानाकारी दिएको छ ।

    अमेरिकाले यसअघि जुलाईमा जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग स्वरुप उपलब्ध गराएको थियो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ ।

    नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

    अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ ।

    एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology