Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फाइजरको एक लाख डोज खोप आइपुग्यो

फाइजरको एक लाख डोज खोप आइपुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७८ सोमवार • ११:२१:५३ बजे
  • 1.0K
    SHARES
  • फाइजरको एक लाख डोज खोप आइपुग्यो

    अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ।

    images

    अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो । फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाउने गरी तयारी भइरहेको छ ।

    खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    १२ वर्षभन्दा माथिका जुनसुकै उमेर समूहका क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी जस्ता दीर्घरोगीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी सरकारको छ । फाइजर खोप नेपाल आएको पहिलोपटक हो ।

    फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology