Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल इरानसँग ४–० ले पराजित

नेपाल इरानसँग ४–० ले पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७८ सोमवार • १९:०४:४५ बजे
  • 910
    SHARES
  • नेपाल इरानसँग ४–० ले पराजित

    एएफसी यू २३ एशियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

    images

    सोमबार (आज) रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल इरानसँग ४–० गोल अन्तरले पराजित भएको हो । यो हारसँगै नेपालको अर्को चरणमा जाने यात्रामा धक्का लागेको छ ।

    पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल व्यहो¥यो । खेलको ४७ औं मिनेटमा इरानले गोल गर्न सफल भयो ।

    त्यस्तै खेलको ७७ औं मिनेटमा इरानले खेलमा दुई शून्यको अग्रता लियो । त्यसको दुई मिनेटपछि नेपालले तेस्रो गोल खायो । साथै खेलको अन्तिममा इरानले नेपालविरुद्ध थप गोल गर्दै खेलमा ४–० को अग्रता बनायो ।

    पुरै खेलमा नेपाली गोलकिपर अर्पण कार्कीको प्रदर्शन उत्कृष्ट रहेको थियो । कार्कीले इरानका आधादर्जन भन्दा बढी शसक्त प्रहारलाई बचाएका थिए ।

    यो जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अंक जोडेको छ । इरान समूहको शीर्ष स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग विहीबार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology