मयरपाटी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि रहेको एक जुम एपमा आयोजित भर्चुअल बैठकमा पोर्न भिडियो बजेपछि तहल्का मच्चिएको छ ।
नेपाल पर्यटन बोर्डद्वारा सोमबार पर्यटन सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजित भर्चुअल बैठकमा एकाएक ह्याकर प्रवेश गरी पोर्न भिडियो प्रसारण गरेको हो ।
कार्यक्रममा मन्त्री भट्टराई बोली रहेका बेला ह्यारिस नामको आईडीबाट पोर्न भिडियो बज्न थालेपछि कार्यक्रमका सहभागी सबै असिन पसिन भएका थिए । तर, हत्तपत्त एडमिनले भिडियो डिस्कनेक्ट गरेको थियो ।
काठमाण्डु टुडे