Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • ०९:५७:२१ बजे
  • 1.2K
    SHARES
  • आजको राशिफल

    २०७८ साल कात्तिक ९ गते

    images


    मेष : मनमा उत्साह थपिनेछ । भेटघाटले खुसियाली साटासाट गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ। राजनैतिक किचलो बढ्नेछ ।

    वृष : आर्थिक क्षेत्रमा सुधार आउनेछ । अध्ययनमा रुचि कम हुनेछ । हनुमान चालिसा पाठ तथा हनुमानको दर्शन गर्नाले आँटेको काम पुरा हुनेछन् ।

    मिथुन : अध्ययन अध्यापनमा समय व्यतित हुनेछ । सन्ध्याकालमा भोजभतेरमा सहभागि हुनुहुनेछ । दाजुभाईको सहयोग प्राप्त हुनेछ ।

    कर्कट : सामान्य कुराले ठूलो विवाद ल्याउनेछ । कम बोल्नु होला अध्ययनको लागि यात्रा गर्ने योग छ । बुबा आमासंग सम्पर्कमा रहनु होला ।

    सिंह : आर्थिक तथा सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ । सोचेअनुसार कार्य सम्पन्न हुनाले मनमा उत्साह थपिनेछ । चराचुरूङ्गी लाई चारो दिनुहोला ।

    कन्या : प्रेम मिलन हुनाले निकै उत्साह थपिनेछ भने व्यपारिक वर्गको लागि सोचेअनुसार दिन रहने छैन । कुकुरलाई खुवानु तथा भैरव दर्शन गर्नाले राम्रो हुनेछ ।

    तुला : महत्वपूर्ण भेटघाट तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागि हुने अवसर मिल्नेछ । राजनैतिक क्षेत्रमा धोका हुनसक्ने छ । बोल्दा विचार गर्नुहोला ।

    वृश्चिक : बोलिको प्रभाव बढ्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ । खानपिनमा ध्यान दिनुहोला ।

    धनु : मित्रवन्धुलाई आर्थिक सहयोग गर्नपर्ने हुन्छ । पारिवारिक भेटघारमा व्यस्त भइने छ । शत्रु बढ्नेछन निकै सजग रहनु होला ।

    मकर : दाजुभाइसंग पैतृक सम्पतिमा विवाद उत्पन्न हुनेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । दिन समग्रमा शुभ नै रहनेछ ।

    कुम्भ : आर्थिक समृद्धि हासिल गरिनेछ । आमा बुवाको कृपा आशिर्वाद प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

    मीन : सामाजिक क्षेत्रमा सहयोगको लागि दिन त्यतै वित्नेछ । प्रेमि तथा प्रेम मिलन हुनाले मनमा उत्साह थपिनेछ । खानपिनमा ध्यान दिनुहोला।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology