मान्छे धर्म संस्कृति, प्रेम र राजनीति भन्दा टाढा रहन सक्दैन । यी तीन पक्षको अन्तरसम्बन्ध, अन्तरद्वन्द र अन्तरकृया, अन्तरघुलन निरन्तररुपमा भईरहने प्रकृया हो । कस्तो चिज खाने, नखाने, लगाउने, नलगाउने, कुन धर्म संस्कार, संस्कृति मान्ने, नमान्ने व्यक्तिको निजी मामिला ईच्छा र अधिकारका कुरा हुन् । कुनैपनि देश अथवा समाजलाई बुझ्न मुख्य तीन पक्ष (१) धर्म संस्कृति (२) अर्थ व्यवस्था (३) राजनीति (सत्ता) कस्तो र कसरी निर्माण भयो? र भईरहेकोे छ यी तीन पक्षका समाजमा अन्तरसम्बन्ध प्रमुख पक्ष हुन् भनेर बुझ्नु पर्छ ।
नेपाली समाजको निर्माणको इतिहास हिन्दुशास्त्र अनुसार निर्माण भएको वर्ण÷जात, व्यवस्थामा आधारित नेपाली समाजको अर्थ, राजनीति र धर्म संस्कृति हो भनेर सजिलै बुझ्न सकिन्छ । नेपाली समाज विगतदेखी वर्तमानसम्म हिन्दु मानसिकता र हिन्दुकरणको प्रकृयाबाट निर्माण हुन पुगेको जबरजस्त सामाजिक मनोविज्ञान र मानसिकता शतप्रतिशत प्रमाणित हुन जान्छ । त्यसैले नेपालका राजनीति र धर्मशास्त्र एक सिक्काका दुईपाटा हुन् भन्दा कही कतै अन्याय भएको मान्न सकिदैन । यस्तो अर्थ नेपालको राजनीति र सामाजिक व्यवस्था धर्मशास्त्रले चलेको छ भन्नै पर्ने हुन्छ ।
विश्वका महान व्यक्ति सर्वाहारा वर्गका कम्युनिष्ट नेता भौतिकवादी दर्शनका जन्मदाता कार्लमाक्र्सले भौतिकवादी दर्शनको प्रतिपादन गर्नु भयो । दर्शन भनेको जीवन र जगतलाई बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । प्रकृति र मानवसमाजको भित्री आँखा हो । हाम्रो आँखाले प्रत्यक्ष देख्ने नदेख्ने पक्षमा आफ्नो धारणा राख्ने सत्यको खोज गर्ने जीवन र व्यवहारलाई निर्धारण गर्ने हो ।
दर्शनका दुई पक्ष छन् :
१.आध्यात्मिक (आदर्शवादी) दर्शन
२. भौतिकवादी दर्शन
१. आदर्शवादी वा आध्यात्मिक दर्शनःविश्व व्रमाण्ड ईश्वर परामात्मा वा कुनै दैवी शक्ति वा अदृश्य शक्तिबाट चेतना वा आत्मालाई सृष्टिको आदितत्व तथा पदार्थको अस्तित्व ठान्ने ईश्वर वा भगवान सर्वश्रेष्ठ हुन्, सम्पूर्ण ईश्वर कै देन हो भन्ने बुझ्ने दर्शनलाई या सिद्धान्त नै आध्यात्मवादी दर्शन हो ।
२. भौतिकवादी दर्शनःभौतिकवादी दर्शन भन्नाले आदर्शवाद वा आध्यात्मवादको ठीक उल्टो दर्शन वा दृष्टिकोण हो । अथवा ठोस चिज जे देखिन्छ, जे छुन सकिन्छ, आँखा अगाडि भएमा भौतिक पदार्थलाई भनिन्छ अथवा पदार्थलाई सृष्टिको आदितत्व तथा चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने संसारलाई बुझ्न विश्लेषण गर्न बदल्न सकिन्छ । सामान्य अर्थमा बुझ्नु पर्दा भोक लागेमा पेटमा खाना (ठोस पदार्थ) चाहिन्छ । भजन गाएर पेट भरिदैन, श्रम नै सबैभन्दा ठूलो कुरा हो भन्ने दृष्टिकोण वा सिद्धान्त नै भौतिकवादी दर्शन हो ।
नेपाली समाज सत्ता र राजनीतिमा माक्र्सवाद अर्थात भौतिकवादी दर्शनबाट प्रभावित भएर यहाँको अर्धसामन्ती राज्यव्यवस्थाको विरुद्धमा जस्तोसुकै क्रान्ती र आन्दोलन भएतापनि माक्र्सवादी भौतिकवादी दर्शनलाई हतियार बनाई, सामाजिकक्रान्ति गर्न लागेको देखिएता पनि यहाँको माक्र्सवादी वर्ग संघर्षको परिपेक्षमा प्रत्यक्ष–परोक्ष कुनैपनि परिवर्तन भएको देखिदैन । त्यसैले भारतका प्रसिद्ध दलित लेखक प्राज्ञ विद्वान कान्चा ईलायले भनेका छन् “माक्र्सवाद एकदम धारिलो दर्शन हो, तर व्राम्णवादीको हातमा दक्षिण एसियामा भुत्ते हुन पुगेको छ ।” यसलाई अझ प्रमाणित गर्न यहि श्रावण महिनामा वाग्लुङ्गमा गोरु काटेको आरोपमा ईतिहास कै कम्युनिष्टको दुई तिहाईको सरकारले कोही मगर र दलित समुदायको व्यक्तिलाई जेल हाल्नु र सर्वहारा वर्गको नेता जनयुद्धको नायके भनिने प्रचण्डको गृह जिल्ला चितवन माडीको चेपाङ वस्तीमा राज्यले आगो लगाएर घर झुपडी जलाईदिनु, बास खेद्नु र कम्यूनिष्टका प्रधानमन्त्रिबाट चितवन माडीमा राममन्दिर बनाउन उद्घोष र निर्णय पारित गर्नुले छर्लङ्ग छ।
नेपालका माक्र्सवादी लेनिनवादी माओवादी भौतिकवादी कम्युनिष्टहरु श्रावण महिनामा व्रत वस्नु दारी, कपाल नकाट्नु, पंहेलो वस्त्र धारण गर्नु, लसुन, प्याज नखानु, घरमा महिला महिनावारी हुँदा बार्नु, सोमबार नै मन्दिर जानु (माछा, मासु नखानु वर्तको अलग फाईदा होला, तर निश्चित महिना र बार नै किन?) श्रावण महिना नै किन? मन्दिरमा पुजा गर्दा सामुहिक रुपमा पुजा गर्न नपाउनु, जनै लगाउनु मासु खान जनै फुकालेर खानु, घरमा आएपछि तुलसी पानीले छर्के पछि मात्रै घर पस्नु, ब्राम्हणको छोरी दमैले लग्यो भनेर फर्काउनु, विश्वकर्माको छोराले बाहुनी बुहारी लयायो भनेर संसार जितेको जस्तो गर्नु, सुनारको छोरी सार्कीले लगिदियो भने फर्काएर सुनपानी छर्केर चोख्याउनु, दाईजोको निहुँमा बुहारीलाई हेला गर्नु, जीउँदा बा–आमालाई बृद्धाश्रममा लगेर राख्नु, मरेपछि घिउ आगोमा पोल्नु, पिण्ड बगाउनु, छोराछोरी पढेनन् भनेर ग्रहशान्ती गर्नु, चन्द्रमा दाहिने देव्रे राहु केतु संकटा प¥यो भनेर ग्रहशान्ती गर्नु, अरुले छोएको नखानु, कसैलाई हलाल गरेकै मासु चाहिनु, विरामी पर्दा चर्चमा गएर प्रार्थना गर्नु, मन्दिरमा बोका चढाउनु, भाकल गर्नु, फेरी आफु माक्र्सवादी, भौतिकवादी भनेर हँसिया हथौडाको झण्डा बोक्नु, यसो गर्नु माक्र्सवादको अपमान गर्नु हो । अझ माक्र्सले त धर्मलाई अफिम भन्नु भएको छ । निष्कर्शमा के भन्न सकिन्छ भने कुनैपनि धर्मशास्त्र अनुसार चल्नेमान्छे कम्युनिष्ट हुन सक्दैन । मेरो लेखाईको अर्थ कुनै धर्म, जाति, समुदाय, सम्प्रदाय वीचको आलोचना र आक्षेप होईन । नेपाली समाजको कम्युनिष्टको वास्तविकतालाई उजागर गर्ने प्रयास मात्र गरेको हुँ ।
कावासोती–२, नवलपरासी (ब.सु.पू.)