Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्याक्सिन

खुसीको खबर कोरोनाविरुद्धको रुसी भ्याक्सिन बर्षमा ५० करोड डोज तयार पारिने

खुसीको खबर कोरोनाविरुद्धको रुसी भ्याक्सिन बर्षमा ५० करोड डोज तयार पारिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • ०८:२८:१३ बजे
  • 1.4K
    SHARES
  • खुसीको खबर कोरोनाविरुद्धको रुसी भ्याक्सिन बर्षमा ५० करोड डोज तयार पारिने
    एजेन्सी । रुसले विकास गरेको कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सिन ‘स्पुतनिक भी’ को माग ह्वात्तै बढेको छ । रुसको डाइरेक्ट ईन्भेष्टमेन्ट फण्ड (आरडीआईएफ) का प्रमुख किरिल दमित्रिवेले दिएको जानकारी अनुसार विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन ।

    ती मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका छन । दमित्रिवेका अनुसार केही मुलुकसंग सम्झौता पनि भैसकेको छ । अधिक मात्रामा माग भैरहेको भ्याक्सिनको अधिक उत्पादन बारे किरिल दमित्रिवेले भने, “हामी हाम्रा सहयोगी मुलुकहरुसंग मिलेर विभिन्न ५ मुलुकमा भ्याक्सिन उत्पादनको काम गर्नेछौं । यसबाट हरेक बर्ष ५० करोड डोज तयार हुनेछ ।” भ्याक्सिनको अधिक भन्दा अधिक डोज उत्पादन गर्ने विषयमा बोल्ने क्रममा किरिलले, गुणस्तरीय र सुरक्षित भ्याक्सिन ‘स्पुतनिक भी’ लगाएर मानवीय जीवन बचाउन विश्व समुदायलाई आग्रह पनि गर्न भ्याए । रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्खोले बताए अनुसार भ्याक्सिनको असर दुई बर्षसम्म रहनेछ ।

    अर्थात खोप लगाएको २ बर्षसम्म कोरोना संक्रमणबाट पूर्ण रुपमा सुरक्षित रहन सकिन्छ । रुसी उपप्रधानमन्त्री तात्याना गोविकोवाले बताए अनुसार यो भ्याक्सिन यहि महिनादेखि चिकित्सकहरुलाई लगाउन सुरु गरिनेछ । ‘स्पुतनिक भी’ भ्याक्सिनको विकास गर्ने गामालेया ईन्स्टिच्युटका निर्देशक प्रोफेसर एलेक्जेण्डर गिंट्सबर्गले भ्याक्सिनको परीक्षण आफैमा गरेको गत मे महिनामै जानकारी दिएको एनडी टिभी र अमर उजालाले बताएका छन ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology