Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टि–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानको लगातार तेस्रो जित

टि–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानको लगातार तेस्रो जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • ०९:४४:२० बजे
  • 826
    SHARES
  • टि–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानको लगातार तेस्रो जित

    विश्वकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति भएको खेलमा पाकिस्तान विजयी भएको छ । उसले आफ्नो प्रतिद्वन्द्वी अफगानिस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

    images

    यो सँगै उसले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । सुरुमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।

    जसमा लागि कप्तान नाबी र गुलबन्दिनले समान ३५–३५ रनको योगदान दिएका थिए । उता पाकिस्तानका लागि भने इमाद वासिमले २ तथा सहिन अफ्रिदी, हरिस राफु, हसन अली र सदब खानले १–१ विकेट लिएका थिए ।

    १ सय ४८ रनको सामान्य लक्ष्य पाएको पाकिस्तानले १९ औं ओभरमा लक्ष्य भेटाएको थियो । यसअघि आइतबारको खेलमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकाल्दै चर्चा बटुलेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology