Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली महिला र पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोन खेल्ने

नेपाली महिला र पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोन खेल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • १०:३८:५२ बजे
  • 1.2K
    SHARES
  • नेपाली महिला र पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोन खेल्ने

    नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा खेल्ने भएको छ । नेपाल भलिबल संघ (एनभिए) का अनुसार प्रतियोगिता ६ पुसदेखि १४ सम्म बंगलादेशमा हुनेछ ।

    images

    नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपका लागि तयारी थालेको थियो । तर, अन्तिम समयमा एभीसीले कोरोनाको कारण देखाउँदै नेपाललाई सहभागिता जनाउन नदिने भनेपछि नेपालको तयारी रोकिएको थियो । कोरोनाकै कारण प्रतियोगिता रद्द भएको थियो ।

    संघले आयोजकलाई धन्यवाद दिँदै अब नेपालले चाँडै प्रतियोगिताको तयारी थाल्ने पनि बताएको छ । गत महिना मात्रै संघले महिला तथा पुरुष एनभिए च्याम्पियनसिप आयोजना गरेको थियो ।

    नेपालले सन् २०१९ मा बंगलादेशमै भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो । पुरुषतर्फ भने सन् २०१८ मा नेपाल घरेलु कोर्ट (आर्मी कोट, लगनखेल) मा समूह चरणबाट बाहिरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology