Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ पुग्यो,आज मात्रै ४ जनाको मृत्यु

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ पुग्यो,आज मात्रै ४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • ११:३९:०६ बजे
  • 1.2K
    SHARES
  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ पुग्यो,आज मात्रै  ४ जनाको मृत्यु
    कोरोना भाइरसको संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । विभिन्न जिल्लामा ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको छ । ती महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै ललितपुरको पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको पनि मृत्यु भएको छ । उनी साउन १८ गतदेखि पाटन अस्पतालमा भर्ना भएकी थिइन् । ती महिलाको आज उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । त्यस्तै गएराति कोरोना विशेष अस्पताल रुपन्देही बुटवलमा कपिलबस्तुका एक युवकको मृत्यु भएको छ । ४२ वर्षीय कृष्णकुमार गुप्ताको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालमा मृत्यु भएका २५ वर्षीय कपिलबस्तुकै प्रदीप तेलीको कोरोना रिपोर्ट आउन बाँकी छ । तेलीको गएराति मृत्यु भएको थियो । ती पुरुष मुम्बइबाट आएका थिए । त्यस्तै सप्तरीमा एक ८० वर्षीय पुरुषको मृत्यु भएको छ । राजविराज ६ सिरहा रोड बस्ने ती वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology