Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी–ट्वान्टी विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको दोस्रो जित

टी–ट्वान्टी विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको दोस्रो जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • २०:३६:१६ बजे
  • 2.2K
    SHARES
  • टी–ट्वान्टी विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको दोस्रो जित

    आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले दोस्रो जित निकालेको छ । सारजाहमा शनिबार (आज) भएको रोमान्चक खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै दक्षिण अफ्रिकाले दोस्रो जित निकालेको हो ।

    images

    श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । दक्षिण अफ्रिकाको जितमा कप्तान टेम्बा बाभुमाले ४६ रन बनाए, भने डेभिड मिलरले अविजित २३ रन बनाए ।

    यता कागिसो राबडा १३ रनमा अविजित रहे, भने एडिन माक्र्रम १९, रस्सी भान डेर १६, क्विन्टन डी कक १२ रिजा हेन्ड्रीक्स ११ रनमा आउट भए । यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलमा ४ अंक जोडेको छ ।

    समूह १ को दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । अर्कोतर्फ श्रीलंकाका वाविन्दू हसरंगाले ह्याट्रिक विकेट लिए ।

    दुश्मन्था चामिराले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १० विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology