एएफसी यु–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताको तेस्रो खेलमा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्न लागेको हो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल अपराह्न पौने ५ बजे सुरु हुनेछ । नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।
दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ ।
लेबनान पनि नेपाललाई हराउदै छनोटको सुखद अन्त्य गर्न चाहन्छ । छनोटको समूह ‘बी’मा इराक र ताजकिस्तान बिजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान २ खेलबाट ६ अंक रहेको छ । नेपाल र लेबनान भने अंक बिहिन छन् । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् ।