Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घण्टामा देशभर थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

घण्टामा देशभर थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • १६:१८:१६ बजे
  • 892
    SHARES
  • घण्टामा देशभर थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

    २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५१८ जना संक्रमणमुक्त भएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको कोरोना परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ८ जनाले ज्यान गुमाएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ भने निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।

    यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये ७ लाख ९१ हजार ७८७ जना निको भएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology