Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुख्य प्रशिक्षक अल्मुताइरीलाई खेलकुद मन्त्रीको स्वागत

मुख्य प्रशिक्षक अल्मुताइरीलाई खेलकुद मन्त्रीको स्वागत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • १८:४१:४८ बजे
  • 1.2K
    SHARES
  • मुख्य प्रशिक्षक अल्मुताइरीलाई खेलकुद मन्त्रीको स्वागत

    नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्वागत गरेका छन् । आइतबार मन्त्री गहतराजले मन्त्रालयमा एक कार्यक्रम गर्दै प्रशिक्षक अब्दुल्लाहलाई नेपालमा स्वागत गरेका हुन् ।

    images

    नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह हिजो (शनिबार) नेपाल झरेका थिए ।

    बंगलादेशसँग बराबरी खेल्दै २८ वर्षपछि नेपाल फाइनलमा पुग्दा प्रशिक्षक अब्दुल्लाहले राजीनामा दिएका थिए ।

    सोही दिन उनले नेपालसमेत नजाने बताएका थिए । फाइनलमा भारतसँग ३–० गोलअन्तरले पराजित हुँदै पहिलो पटक उपाधि हातपार्न वञ्चित भएको नेपाली टोली स्वदेश फर्कंदा प्रशिक्षक अब्दुल्लाह भने कतार नै बसेका थिए ।

    फाइनल लगत्तै पुनः नेपाल फर्कंन तयार रहेको बताएका अब्दुल्लाहले गत १० गते (बुधबार) एन्फासँग आफूले तीन वर्ष रहने निर्णय भएको सामाजिक सञ्जालबाट बताएका थिए । यस विषयमा एन्फाले भने कुनै पनि आधिकारिक धारणा राखेको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology