Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या देशभर ४ सय ५० जना

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या देशभर ४ सय ५० जना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • १५:४१:०२ बजे
  • 1.5K
    SHARES
  • नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या देशभर ४ सय ५० जना

    नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या देशभर ४ सय ५० जना पुगेको छ । प्रहरीमा काठमाडौंका १ सय ४० सहित देशभर ४ सय ५० जनामा कोरोना संक्रमण देखिएको हो ।

    images
     

    प्रहरी प्रधान कार्यालयमा १ सय १२ र काठमाडौं उपत्यकामा २८ जना प्रहरी सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा २४, प्रदेश २ मा ४२, बागमती प्रदेशमा १७, गण्डकीमा १९, प्रदेश ५ मा ४२ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन् ।

    कुल संक्रमितमध्ये हालसम्म १ सय ६५ जना प्रहरी डिस्चार्ज भएका छन् । अहिले नेपाल प्रहरीमा २ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो समय उपत्यकामा कार्यरत प्रहरी र ट्राफिक प्रहरीमा कोरोना संक्रमणको जोखिम बढी देखिएको छ । संक्रमित प्राय फिल्डमा खटिएका र दैनिक नागरिकसँग सम्पर्कमा रहने प्रहरीहरु रहेका छन ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology