Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोंगबु घटनाका अभियुक्त महिला डिप्रेशनको विरामी

गोंगबु घटनाका अभियुक्त महिला डिप्रेशनको विरामी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • १५:४८:१६ बजे
  • 2.0K
    SHARES
  • गोंगबु घटनाका अभियुक्त महिला डिप्रेशनको विरामी

    गोंगबु घटनामा देखिएको प्रतिशोधात्मक क्रुरताले समाज कुन बाटोतर्फ जाँदैछ भन्ने चित्रण गरेको छ । कोमल संवेदनशीलताको प्रतिक एउटी महिलाले यस्तो डर लाग्दो घटना घटाउँछ भन्ने सायद कमैले विश्वास गर्छन ।

    images
    शवको प्रकृति हेर्दा कुनै पेशेवरले नै गरेको हुन सक्छ भन्ने प्रहरीको अनुमानमा झट्का दियो । अहिले यस घटनाले विभिन्न कोणबाट बहस उत्पन्न गरेको छ ।

    मनोविश्लेषकहरु सामान्य महिला वा जो कोहिले पनि यस्तो डर लाग्दो घटना घटाउन नसक्ने बताउँछन् । यस्ता प्रकृतिको क्रुर घटनामा कुनै मानसिक समस्या नै भएको हुनुपर्ने उनीहरुको विश्लेषण छ ।

    यसैबीच गोंगबु घटनाका अभियुक्त महिला डिप्रेशनको विरामी रहेको खुल्न आएको छ । उनी विगत दुई वर्षदेखि डिप्रेशनको औषधि लिइरहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    मनोविद् गोपाल ढकालले अभियुक्त महिला 'मेनिया उन्माद'को विरामी भएको हुन सक्ने बताए । यो भनेको मानसिक रुपमा एकदम रिसालु हुनु हो ।

    डिप्रेशनले सँधै निराशमात्र नभई मानिसलाई आक्रामक, हिंसात्मकसमेत बनाउँछ । गोंगबु घटना यसैको उपज भएको मनोविद् ढकालको अनुमान छ ।

    पारिवारिक, आर्थिक, लकडाउनको प्रभाव र त्यसमा पनि यौन हिंसाबाट गुज्रिरहेकी उनले घटाएको यो घटना मानसिक समस्याको उपज भएको मनोविद् ढकालको भनाई छ ।

     

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology