टी–२० क्रिकेट विश्वकपमा मंगलबार २ खेल हुँदैछ । पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिका भिड्नेछन् ।
खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै टोली सेमिफाइनल यात्रा सहज बनाउने दाउमा छन्। समूह–१ बाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
त्यसैले दुवै टोलीलाई जित अनिवार्य छ । समूह–१ मा इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यता, श्रीलंका र वेस्ट इन्डिज क्रमशः चौथो र पाँचौंमा रहँदा बंगलादेश पुछारमा छ ।
मंगलबारको दोस्रो खेलमा समूह–२ मा रहेका पाकिस्तान र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ । खेल अबुधावीमा राति पौने आठ बजे सुरु हुनेछ । पाकिस्तान लगातार ४ खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ ।
पाकिस्तानले अघिल्ला तीन खेलमा भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराएको थियो । नामिविया भने दोस्रो जितको खोजिमा हुनेछ ।
नामिवियाको २ खेलबाट एक जितसहित २ अंक छ । समूह–२ मा पाकिस्तान ६ अंकसहित शीर्षस्थानमा हुँदा ४ अंकसहित अफगानिस्तान दोस्रो, समान २ अंकसहित न्युजिल्यान्ड र नामिविया क्रमशः तेस्रो र चौथो स्थानमा र छन् ।
लगातार २ खेलमा पराजय भोगेको भारत र स्कटल्यान्डले अंक जोड्न सकेका छैनन् ।