Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आइसीसी टी-२० विश्वकप क्रिकेट : नामिबियालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

आइसीसी टी-२० विश्वकप क्रिकेट : नामिबियालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • ०८:३४:१५ बजे
  • 1.7K
    SHARES
  • आइसीसी टी-२० विश्वकप क्रिकेट : नामिबियालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

    आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले नामिबियालाई हराएको छ। पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ५ विकेटको क्षतिमा १४४ रन मात्र बनायो ।

    images

    पाकिस्तान जारी विश्वकपमा सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ। टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाउन सफल भयो ।

    १९० रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा समेटिन पुग्यो । सुरुवाती ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर आजमले अर्धशतक प्रहार गरेका थिए ।

    त्यस्तै रिजवानले ५० बलमा ८ चौका र ४ छक्काको मद्दतले अभिजित रहँदै ७९ रन बनाउँदा आजमले ४९ बलमा ७ चौकाको मद्दतले ७० रन जोडे।

    त्यस्तै, मोहम्मद हाफीजले ३२ रन बनाउँदा फखर जमानले ५ रन जोडे। बलिङतर्फ नामिबियाका डेभिड विस र जेन फ्राइलिंकले १र१ विकेट लिएका थिए ।

    ब्याटिङमा उत्रिएको नामिबियाका लागि डेभिड विसले सर्वाधिक ४३ रन बनाउँदा क्रेग विलियम्सले ४०, स्टेफान बार्डले २९, कप्तान जेर्हार्ड इरासमसले १५ रन जोड्न सफल भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology