Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब विमानभित्रै मोबाइल र इन्टरनेट सेवा उपलब्ध

अब विमानभित्रै मोबाइल र इन्टरनेट सेवा उपलब्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • ०८:३५:३६ बजे
  • 1.1K
    SHARES
  • अब विमानभित्रै मोबाइल र इन्टरनेट सेवा उपलब्ध

    नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा विदेशी एरोस्पेस कम्पनीलाई विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ ।

    images

    प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई उडानको इतिहासमा पहिलो पटक नेपालको आकाशमा विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन ‘थाल्स र सीता’ भन्ने एरोस्पेस कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए ।

    उनले भने, “सहमति पाएका यी दुई कम्पनीले एरोस्पेससम्बन्धी विभिन्न सेवा उपलब्ध गराउँदै आएका छन् । अब नेपालको आकाशमा उडान गर्ने विभिन्न विमान सेवा प्रदायकहरूले ती कम्पनीका यो सेवा खरिद गरी आफ्ना यात्रुलाई सेवा पुर्याउन सक्छन् ।”

    यसअघि यात्रुले हवाई उडान भर्दा विमानभित्र मोबाइललगायतका उपकरण फ्लाइट मोडमा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो ।

    अब यस प्रकारको सेवा लिएका विमान कम्पनीले आफ्ना यात्रुलाई विमानभित्रै मोबाइल वाइफाई सेवा उपलब्ध गराउन सक्ने रहँदै आएकोमा अब यी दुई कम्पनीको सेवा एयरलाइन्सले खरिद गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले विमानमा यात्रा गर्नेका लागि विमानभित्रै मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा उपलब्ध गराउन आवेदन माग गरेकोमा ती दुई कम्पनी छनोट भई उनीहरूलाई सहमति प्रदान गरिएको हो ।

    प्राधिकरणद्वारा निर्धारित मापदण्डअनुसार ती कम्पनी छनोटमा परेको उनले स्पष्ट पारे ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology